सुर्खेत : कर्णालीमा बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ताका रूपमा परिचित डा.नवराज केसीले आफ्नो दोस्रो कृति ‘स्वस्पर्श’ पाठकमाझ ल्याएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा उनको यो नयाँ पुस्तक सार्वजनिक गरिएको हो ।
आफ्नो पहिलो पुस्तक ‘शून्यको मूल्य’ बाट पाठकको मन जित्न सफल डा. केसीले दोस्रो पुस्तकमा जीवनलाई प्रेरित गर्ने कथाहरू समेटेका छन् ।पुस्तकको लोकार्पण स्वयं लेखक केसीकी पूजनीय आमा र उनका छोराले संयुक्त रूपमा गरे । तीन पुस्ताको उपस्थितिमा भएको यो विमोचनले कार्यक्रमलाई थप अविस्मरणीय बनाएको थियो ।
चिकित्सा सेवामार्फत कर्णालीवासीको मनमा बसेका डा.केसीले अब आफ्नो कलममार्फत पनि समाजमा सकारात्मक ऊर्जा छर्ने प्रयासलाई निरन्तरता दिएका छन् ।‘स्वस्पर्श’ले पाठकहरूलाई आत्म–अनुभूति र प्रेरणाको स्पर्श गराउने विश्वास गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij