तनहुँ : श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) तनहुँले आज दमौलीमा रथयात्रा निकालेको छ । समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्देश्यका साथ रथयात्रा निकालिएको इस्कोन तनहुँका प्रमुख निरन्तर दासले जानकारी दिए ।
इस्कोन तनहुँले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज झाँकी प्रदर्शन, भजन किर्तन, कृष्णलिला, राधा कृष्ण झुला, कृष्ण कथा, राधाकृष्ण महाअभिषेक, महाप्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरेको छ ।
इस्कोन तनहुँले प्रत्येक दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म दैनिक आरती, श्रीमद्भागवत प्रवचन तथा प्रत्येक शनिबार दिउँसो १ बजेदेखि ४:३० बजेसम्म शनिवारीय सत्संग कार्यक्रम साथै समुदायमा नियमित हरिनाम संकिर्तन, विद्यालय/क्याम्पसहरूमा सात दिवसीय आत्म साक्षात्कारको विज्ञान, मन नियन्त्रण गर्ने कला, तनाव व्यवस्थापन, रिस सन्तुलन गर्ने कला, समय व्यवस्थापन गर्ने कला जस्ता विषयहरूमा सेमिनार तथा अन्य विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij