Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

एक बर्षमा ४५ किलोमिटर सडक र नाली निर्माण

एक बर्षमा ४५ किलोमिटर सडक र नाली निर्माण

बाँके : बाँकेमा लुम्बिनी प्रदेश सरकारले सडक पूर्वाधार कार्यालय मार्फत करिब ४५ किलोमिटर सडक र नाली निर्माण गरेको छ । सडक पूर्वाधार कार्यालय बाँकेको प्रमुख दिपक खड्काले गत आर्थिक बर्ष २०८२–८३ मा कालोपत्रे, ग्राभेल, ढलान र पक्की नाली गरी करिब ४५ किलोमिटर निर्माण गरिएको जानकारी दिनुभयो ।

सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख दिपक खड्काले भन्नुभयो, “अधिकांश बस्तीबाट कालोपत्रे सडकको माग भइआउने गरेका छन् ।” कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी १७.४८९ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ ।

पछिल्लो समय कालोपत्रेमा पनि अस्फाल्ट कालोपत्रे प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । यसैगरी ग्राभेल सडक १४.०७८ किलोमिटर निर्माण गरिएको छ । यसैगरी १.४८६ किलोमिटर ढलान सडक निर्माण गरिएको छ । यसैगरी १२.०७१ किलोमिटर पक्की नाली निर्माण गरिएको छ ।

यसैगरी ७ वटा कल्भर्ट र कजवे, २ वटा सडक पुलको निर्माण सम्पन्न गरिएको कार्यालयले जनाएको छ । बाँकेमा सडक पूर्वाधारतर्फ बार्षिक करिब दुई सयवटा योजनामा बजेट बिनियोजन हुने गरेको छ । गत आवमा १९६ वटा योजना रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट