Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा

अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा

बाजुरा : शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट