Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, सेयर बजारमा ३१ अर्ब लगानी

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, सेयर बजारमा ३१ अर्ब लगानी

काठमाडौँ : नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो । गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी गरी १ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ भने व्यवस्थापन खर्चै तथा प्रोभिजनमा ४२ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । यसमा आयाकर घटाउँदा खुदा नाफा १ अर्ब २५ करोड रुपैयाँमा कायम भएको हो ।

हाल कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ । कोष अन्तर्गतका विभिन्न योजनामा २ खर्ब ९१ अर्ब ८२ करोड संकलन भएको छ । यो अघिल्लो वर्षको भन्दा ४२ अर्ब रुपैयाँ बढी हो । संकलित रहेकोमध्ये कोषले हालसम्म २ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसमध्ये ३१ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

यो नाफाका आधारमा कोषको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट