काठमाडौँ : शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij