Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा २ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट