काठमाडौँ : नयाँ आर्थिक सुरु भएको एक साता नहुँदै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । ३ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर बोलबकोल माध्यमबाट तय हुनेछ । यो ऋणपत्र धितोमा राखेर ऋण लिन तथा दोस्रो बजारमा कारोबार हुनसक्ने जनाइएको छ ।
यो वर्ष सरकारले ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लिनेगरी बजेटमा व्यवस्था गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij