काठमाडौं : मंगलबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ ।
चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ । यसअघि असार ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij