Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भारतबाट २० अर्ब ३५ करोडको धान आयात

भारतबाट २० अर्ब ३५ करोडको धान आयात

काठमाडौँ : नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।

उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै आयात गरेको छ ।

गत आर्थिक वर्षको धान रोपाइँ बढे पनि असोज ११ र १२ गते गएको बाढी, पहिरो र डुबानले क्षति पुर्‍याउँदा धानको उत्पादन अपेक्षित बढ्न सकेको थिएन । यो वर्ष पनि मधेसमा सुक्खा हुँदा धान उत्पादनमा असर पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट