काठमाडौं : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ कायम गरेको छ । सरकारले नयाँ निर्धारण गरिएको पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको छ। श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था अनुसार परिमार्जन भएको हो।
रोजगारदाता, श्रमिक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको सहमति अनुसार न्यूनतम ज्याला निर्धारण भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले न्यूनतम ज्याला तोकेर मात्रै नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार ढंगले लाग्नुपर्ने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij