हेटौंडा : बागमती प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन गरेको छ ।बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ ।
प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँड शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँडबाट २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८३ प्रतिशत अर्थात २४ अर्ब ५३ करोड ४० लाख ३० हजार राजस्व संकलन भएको छ ।
यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ०८ प्रतिशत अर्थात् तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार राजस्व संकलन भएको सूचना अधिकारी सञ्ज्यालले बताए।
सङ्घीय सरकारबाट रु १५ अर्ब ५७ करोड ५६ लाख अनुदानप्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७६ प्रतिशत अर्थात् ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार अनुदान प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij