Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

पाल्पा : यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ ।

ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको छ । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए ।

यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट