Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

चितवन : धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुपकुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको हो ।

विगत लामो समयदेखि यस क्षेत्रको धार्मिक आन्दोलन र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनको आन्दोलनमा लाग्नुभएका पौडेल दर्जन बढी संस्थाको नेतृत्व गर्दै आउनुभएको छ । स्थानीय व्यापार समितिका अध्यक्ष समेत रहनुभएका उहाँ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय सदस्य , जय सनातन अभियान नेपालका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।यस्तै पौडेलले जय सनातन अभियान, सनातन हिन्दु राष्ट्र नेपाल अभियानको केन्द्रीय सदस्य, सन्तसभा नेपालको सदस्यको जिम्मेवारीको रुपमा काम गर्दै आउनु भएको छ ।

यस क्षेत्रको सनातनीय आन्दोलनको नेतृत्व गरिरहनु भएका  उहाँ विगत एक दशकभन्दा लामो समयदेखि नै वैदिक  सनातन हिन्दु राष्ट्र नेपालको वकालत गर्दै आउनुभएको छ ।मनोनित भएपछि प्रतिक्रिया दिंँदै सदस्य पौडेलले आफ्नो वैदिक सनातन धर्मको योगदान र सेवाको मूल्यांकन गर्दै मनोनित गरेकोमा खुशी व्यक्त गर्नुभयो । समितिले आफूलाई विश्वास गरेको भन्दै उहांँले थप दायित्व र जिम्मेवारी थपिएको उहांँले बताउनु भयो । आगामी दिनमा उहांँले वैदिक सनातन धर्मको संरक्षण, जगेर्ना र प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

के हो त नेपाल भारत मैत्री संगठन ?

सदियौंदेखि नेपाल र भारत देशबीचको मित्र सम्बन्ध छ भने जनस्तरमा पनि मित्रताको सम्बन्ध कायम रहँदै आएको छ । भारत र नेपालबीच समान रहेका धार्मिक सांस्कृतिक पक्षहरुलाई प्रगाढ बनाउँदै नेपाल भारतबीचको सांस्कृतिक धार्मिक र ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै जनस्तरमै मित्रता र आपसी सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ भारतीय जनता र नेपाली जनताको मैत्री सम्बन्धको औपचारिकताका रूपमा यस संगठन रहेको छ ।

वैदिक सनातन हिन्दू धर्म र पूर्वीय दर्शनमा आधारित नेपाल र भारतको समाजमा साँच्चिकै मनदेखि एकता भएको पाइन्छ परापूर्व कालदेखि बेटी र रोटीको सम्बन्ध रहेका यी देशबीच नागरिक स्तरको सम्बन्धलाई अझै प्रकार बनाउन यो समिति सक्रिय रहेको छ ।नेपाल र भारतबीच जनस्तरबाटै धार्मिक पर्यटनको विकास व्यापार र वाणिज्यको क्षेत्रमा सहकार्य एवं विशेषत नेपालका धार्मिक एवं ऐतिहासिक ठाउँहरूको विकास र प्रवर्धनमा दुवै देशका नागरिकहरूको सहकार्यको थालनी साथै दुई देश बीच नागरिक स्तरको सम्बन्ध सुदृढ गर्न प्रयत्न रहेको परिपेक्षमा यसले थप सहयोग पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट