Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मालाश्री मोटर्सद्वारा भरतपुरमा टि.भि.एस को मनसुन प्लान्टेसन एक्सचेन्ज मानिया सुरू

मालाश्री मोटर्सद्वारा भरतपुरमा टि.भि.एस को मनसुन प्लान्टेसन एक्सचेन्ज मानिया सुरू

चितवन : टि.भि.एसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नारायणगढको भरतपुरमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया सञ्चालन गर्ने भएको छ । एक्सचेञ्ज म्यानिया असार २५ देखि ३१ गतेसम्म ६ दिन संचालन हुने संचालक सरोज अर्याल जानकारी दिनुभयो ।उहाँको अनुसार वीरेन्द्रक्याम्पस गेट अगाडि रहेको सि.जि ल्याण्डमार्कसंगै मालाश्री मोटर्स प्रा.लिले टिभिएसको मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया आयोजना गर्ने मालाश्री मोटर्स प्रा.लि सञ्चालक गर्छ ।

यस विशेष अफरमा १०० सि सि देखि ३१० सिसि सम्मका मोपेड , स्कुटर र मोटरसाइकलहरु छानि छानि लिन सकिने र नयां लञ्च भएको स्कुटर जुपिटर पनि धमाधम बुकिङ भएको कुरा जगदम्बा मोटर्सका रिजनल अफिसर शिवकान्त चौधरीले जानकारी गराउनुभयो।उनले एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकनसहित १० हजार थप मुल्यांकन गरिने बताए ।मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको मालाश्री मोटर्स प्रा.लिले जनाएको छ ।

मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम समेत टिभिएसले ल्याएको छ । पर्यावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले टिभिएसका ग्राहकले कम्तिमा एउटा विरुवा रोपेर सामाजिक संजालमा पोष्ट गर्नेमध्ये देशभरबाट लक्की ड्र मार्फत १० जनालाई ५ बर्षसम्म सडक कर छुट हुने समेत जगदम्बाले जनाएको छ ।यसैगरी टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा ब्याग, बाईक कभर र हेलमेट उपहार स्वरुप प्रदान गरिने मालाश्री मोटर्स प्रा.लि ले जनाएको छ।साथै टिभिएसले फ्रिसर्भिस प्रदान गर्दै आएको छ र टिभिएस का सबै मोटरसाइकल र स्कुटरहरुमा लाईफटाईम वारेन्टी सुविधा पनि रहेको मालाश्री मोटर्स प्रा.लि जनाएको छ ।साथै लक्की ड्र मार्फत एकजनालाई विशेष उपाहार पनि ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट