Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणीको कटान रोक्न ढुङ्गाको छेकबार

नारायणीको कटान रोक्न ढुङ्गाको छेकबार

चितवन : नारायणगढ बजारनजिकै रहेको नदी किनारको खुला स्थानको कटान रोक्न ठुला ढुङ्गाको छेकबार (ब्रेकर) लगाइएको छ । गत वर्ष आएको बाढीले नदी किनारको खुला स्थान कटान गरेर एक मिटर गहिरो खाडल बनाएको थियो । यस वर्ष बाढी आउँदा नदी चौरमाथि प्रवेश गरेर नारायणगढ बजार कटानको जोखिम बढ्ने भएपछि ठुला ढुङ्गाको छेकबार लगाइएको हो ।

सरोकारवालाले प्रदेश सरकारसँग गरेको लामो पहलपछि पछिल्लो समय बजेट विनियोजन भएर प्राकृतिक रूपमा कटान रोक्न ठुला ढुङ्गा बिछ्याइएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रकाश तिमल्सिनाले नदी किनारको चौैरको भागको कटान रोक्न ठुला ढुङ्गा राखिएको जानकारी दिनुभयो । बागमती प्रदेश अन्तर्गतको जलस्रोत मन्त्रालयमार्फत बजेट माग गरेर काम भएको उहाँले बताउनुभयो । २५ लाख रुपियाँ आएकोमा २४ लाख रुपियाँको लागतमा तत्काल ठुला ढुङ्गा राखिएको हो ।

“नदीको बहाबबाट कटान रोक्नका लागि ठाडो रूपमा ठुला ढुङ्गा बिछ्याइएको छ । यसले कटानलाई प्राकृतिक  ज्ञपमै रोक्दछ,” उहाँले भन्नुभयो, “अहिले राखिएका ढुङ्गाले के कति मात्रामा बाढीलाई रोक्ने काम गर्छ, त्यसको अध्ययन गरेर बर्सातपछि थप ढुङ्गा बिछ्याउने तयारी रहेको छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नारायणी नदी किनार संरक्षणका लागि प्रदेश सरकारसँग पहल गरेर थोरै भए पनि ढुङ्गा ल्याएर राखेको बताउनुभयो । “यसले केही हदसम्म कटान रोक्ने विश्वासमा छौँ,” उहाँले भन्नुभयो, “नदी किनारमा यसअगाडि सिमेन्ट ढलान तथा मोजाइक टायल बिछ्याएर आकर्षक बनाइएको थियो । गत वर्ष असोजमा आएको बाढीले ती सबै संरचना बगाएर बगर बनाइदिएको थियो ।”

नदी किनारको चौर उद्योग वाणिज्य सङ्घले मेला महोत्सव तथा अन्य कार्य गर्न प्रयोग गर्दै आएको छ । यसको संरक्षणमा सङ्घले विशेष चासो दिँदै आएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा नदीविज्ञ प्रकाश लम्सालले कटानको जोखिम रोक्न प्राकृतिक रूपमा ठुला ढुङ्गा बिछ्याउनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला ढुङ्गा अहिले बिछ्याएको रहेछ, त्यसले राम्रो काम गर्न सक्छ । यस्तो स्थानमा कङ्व्रिmटको रोकावटभन्दा प्राकृतिक रूपमा छेकबार गर्ने उपाय अपनाउनु पर्छ । अहिले जे गरिएको छ, त्यो उपयुक्त छ ।”

“नदी किनार मानिसको मात्र बासस्थान होइन । यो जलचर तथा अन्य प्रजातिको समेत चलखेलको स्थान हो । प्राकृतिक रूपमा ठुला ढुङ्गा बिछ्याउँदा चौरको संरक्षण हुने मात्र होइन, माटो कटान पनि रोकिन्छ,” उहाँले भन्नुभयो । पहाडमा हाम्रा पुर्खाले ठुला ढुङ्गाको आड लगाएर खेत जोगाउनुहुन्थ्यो । पहाडको ठाडो खोलाको कटानसमेत ठुला ढुङ्गाले रोक्थे, अहिले पनि त्यस्ता ठाउँ पहाडमा धेरै छन्, इन्जिनियर लम्सालले बताउनुभयो ।

“नारायणीको कटान दीर्घकालीन रूपमा रोक्ने उपयुक्त उपाय नै ढुङ्गाको ब्रेकर हो,” उहाँले भन्नुभयो, “हामीले यस विषयमा निरन्तर सुझाव दिएका थियौँ । दुई वर्षअगाडि नारायणी नदी किनारमा ‘सी–बिच’ को अवधारणा अनुसार ढलान गरेर कटान रोकिएको थियो तर त्यो संरचनाभन्दा पर पुगेर नदीले चौरमा खाल्टो बनाएपछि अत्यास बढेको थियो ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट