Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

झन्डै २६ अङ्कले बढ्यो सेयर बजार

झन्डै २६ अङ्कले बढ्यो सेयर बजार

काठमाडौँ : साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो ।

यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी उपसूचकतर्फ हाइड्रो र व्यापार उपसमूहको सेयरमा गिरावट आउँदा अन्य समूहको सेयर वृद्धि भएको छ । नेप्से वृद्धि भएको दिन सबैभन्दा बढी सेयर एनआरएनए इन्फ्रास्टक्चरको किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट