Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर कारागारमा मौसमी रुघाखोकीको सङ्क्रमण, २२ कैदी बन्दी उपचारमा

भरतपुर कारागारमा मौसमी रुघाखोकीको सङ्क्रमण, २२ कैदी बन्दी उपचारमा

भरतपुर : भरतपुरस्थित कारागार कार्यालयमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिन थालेको छ। हालसम्म २२ जना कैदी बन्दीमा लक्षण देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार सुरु गरिएको छ।

कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार, मौसम को कारण र निरन्तरको वर्षाका कारण रुघा र ज्वरोको समस्या देखिएको हो। सङ्क्रमण अन्यत्र फैलिन नदिनका लागि सङ्क्रमितलाई छुट्टै राखी उपचारको व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो।

ढुङ्गानाले क्षयरोगी र अन्य दीर्घ रोगी बिरामीलाई समेत छुट्टै निगरानीमा राखिएको बताउनुभयो। कारागारभित्र रोग फैलन नदिन उच्च सतर्कता अपनाइएको उहााले जानकारी दिनुभयो। कैदी बन्दीहरूलाई व्यक्तिगत सरसफाइ, सफा खानेपानी र पोषणयुक्त खानामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

कारागारको क्षमता ५०५ जनाको मात्र भए पनि हाल ७१६ जना कैदी बन्दी राखिएका छन्। तीमध्ये ४३ जना महिला र ६७३ जना पुरुष छन्। साथै, कारागारमा चार जना आश्रित बालबालिकासमेत छन्। क्षमताभन्दा बढी कैदी बन्दी भएकाले सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै सावधानी अपनाइएको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट