रत्ननगर: रत्ननगरको उद्यमशील महिला समूह वडा नम्बर १२ र १३ का उद्यमीहरूले साढे ३ घण्टामा सामूहिक रोपाई खेती सुरु गरेका छन्। सयपत्री उद्यमी महिला समूहकी संयोजक सरिता भट्टको संयोजकत्वमा आयोजित यो कार्यक्रममा वडा नं. १२ का अध्यक्ष सुन्दरमणि सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडा नं. १३ का अध्यक्ष पोटबहादुर घिमिरे र वडा नं. १० का अध्यक्ष कलाधर पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यस्तै, वडा नं. १० की सदस्य गोमा भण्डारी, वडा नं. ७ का सचिव केशव आचार्य, दाजुबहिनी कृषि सहकारीका अध्यक्ष ईश्वर खनाल, कृषि अगुवा एवं परामर्शदाता रामलाल श्रेष्ठ, उद्यमशील महिला समूह १३ की उपाध्यक्ष मन्दिरा सापकोटा, समूह १२ की सचिव पदमा नेपाल, बैरिया माविका शिक्षक हरि चापागाई शर्मा, सामाजिक व्यक्तित्वहरू कृष्ण अधिकारी, किसान भट्ट र विष्णुमाया तिवारीलगायत संस्थाका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सुवेदीले खेतमा रोपाई गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको सञ्चालन शारदा आचार्यले गरेकी थिइन् भने नगर अध्यक्ष गीता सिम्खडाले कार्यक्रमबारे जानकारी गराएकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij