Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुनचाँदी व्यवसायी संघको नेतृत्वमा चितवनमा मोटरसाइकल र्‍याली सहित विरोध प्रदर्शन

सुनचाँदी व्यवसायी संघको नेतृत्वमा चितवनमा मोटरसाइकल र्‍याली सहित विरोध प्रदर्शन

चितवन : नेपाल सुनचाँदी व्यवसाय महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनात्मक परिपत्र अनुसार असार १३ गतेदेखि चितवनका सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरिँदै आएको सर्वविदित तथ्य हो।कर तथा नीतिगत असन्तुष्टिका विरुद्ध जारी यस आन्दोलनलाई निरन्तर साथ दिँदै आएका व्यवसायीहरूलाई नेपाल सुनचाँदी व्यवसाय संघ चितवनले विशेष धन्यवाद व्यक्त गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष उत्सब खाती बि.क ले जानकारी दिएअनुसार, संयुक्त महासंघहरूको बैठकबाट थप सशक्त आन्दोलनको घोषणा गर्दै अनिश्चितकालीन बन्दलाई निरन्तरता दिने निर्णय गरिएको छ। सोही निर्णयअनुसार नेपाल सुनचाँदी व्यवसाय संघ चितवनको आयोजनामा आज बिहान १०:३० बजे नारायणगढको शहिदचोकबाट मोटरसाइकल र्‍याली निकालिएको थियो।

र्‍याली शहिदचोकबाट सुरु भई चौविसकोटी, गीतानगर, पार्वतिपुर, कृष्णचोक, अमृतचोक, बुद्धनगर, तेलौली, चनौली, शारदानगर टाउन, रामपुर, मङ्गलपुर हुँदै पुलचोकसम्म पुगेको थियो। विभिन्न स्थानमा कोणसभाहरू पनि सम्पन्न गरिँदै विरोधको स्वर बुलन्द पारिएको थियो।

वरिष्ठ उपाध्यक्ष खातीका अनुसार, व्यवसायीहरूले सरकारसँग तत्काल संवाद गरेर सुनचाँदी व्यवसायमा लादिएका कर तथा नियमहरू खारेज गर्न माग गरेका छन्। आन्दोलनका कार्यक्रमहरू थप सशक्त हुँदै जाने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट