Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मौद्रिक नीतिले वित्त नीतिको कदममा कदम मिलाउने मात्रै हो : गभर्नर

मौद्रिक नीतिले वित्त नीतिको कदममा कदम मिलाउने मात्रै हो : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति माथि धेरै अपेक्षा गरिएको विषयलाई फरक ढङगले प्रतिरक्षा गरेका छन् । मौद्रिक नीति भनेको वित्त नीतिको कदमा दकम मिलाउने मात्रै भएकाले धेरै अपेक्षा राख्न नहुने पौडेलले बताएका हुन ।

संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले अहिलेको सबै समस्याको समाधान मौद्रक नीति गर्छ भनेर बुझ्न नहुने बताए । ‘हाम्रो सीमितता भनेको वित्तीय नीतिसँग कदम मिलाएर मात्र अघि बढ्नु हो,’ गभर्नर पौडेलले भने, ‘राष्ट्र बैंक एक्लैले पैसा यता जानु भन्ने होइन, तर केही हदसम्म हस्तक्षेप गरेको छ, जस्तै निर्देशित कर्जाको माध्यमबाट।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)संशोधनको विधेयक उपरको छलफलमा सहभागी हुँदै पौडेलले बैंकप्रति खुकुलो मौद्रिक नीति ल्याउँदैमा समस्या समाधान नहुने बताए ।

बाफियाको सन्दर्भमा गभर्नर पौडे्लले सांसदहरुलाई संशोधन कसरी र कुन गन्तव्यमा पुग्नका लागि गर्ने भन्ने स्पष्ट हुन अनुरोध गरे । बाफियाले केन्द्रीकृत रहेको वित्तीय क्षेत्रको स्रोत र सम्पत्तिलाई सबैले समान रूपमा प्रयोग गर्न पाउने गरी सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

वित्तीय क्षेत्रको स्रोत कमन गुड भएकाले कसले, कुन स्थानको व्यक्तिले कर्जा पाएको भन्ने विषयमा हेरिनु पर्ने उनको सुझाव छ । ‘विगतदेखिनै कर्जा पछाडि परेको समुदायमा लैजाने प्रयास गरेको हो । तर त्यो आजसम्म पनि सफल किन हुन सकेन ?’,उनले प्रश्न गरे ।

उनले थपे, ‘कर्जा प्रवाह वढाउँदैमा उद्याम व्यवसायी र अर्थतन्त्र विस्तार हुने होइन रहेछ । त्यसका लागि उद्यमी व्यवसायीसँग जोडिएका अन्य पक्ष तथा पूर्वाधारको पनि विकास हुन जरुरी छ ।’

‘पैसा पाउँदैमा मात्र उधमी बनन् सम्भव छैन,’ उनले भने,‘कर्जा बढाउन भनेर जबरजस्ती गर्दा त्यो डुब्छ ।’ त्यसैले राज्यले पनि लगानीका अवसर खोजिदिनु पर्ने गभर्नर पौडेलको भनाइ छ ।‘पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक देखिएको तरलता फालाफाल भएको होइन,’ उनले भने । राज्यले जलविद्युतमा जस्तै अन्य लगानीका क्षेत्र परिचालन गरेर लगानीका लागि प्रोत्साहन गरेको खण्डमा आवश्यक स्रोत वित्तीय क्षेत्रमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट