काठमाडौँ : मधुमेहका बिरामीहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । यस्तो अवस्थामा, केही मानिसहरूले बासी रोटी खाँदा रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्ने दाबी गर्छन् । तर, के यो कुरा सत्य हो ? कि यो केवल मिथक मात्रै हो ?
बासी रोटी खानुको फाइदाबारे धेरै दाबी सुनिएका छन् । तर मधुमेहमा यसको प्रत्यक्ष प्रभाव भने प्रमाणित भएको छैन । तपाईं पनि बासी रोटी खान चाहनुहुन्छ ? अलिकति सावधान रहनु है ।सन्तुलित आहार, नियमित व्यायाम र सही जीवनशैली नै मधुमेह नियन्त्रण गर्ने उत्तम तरिका हो । मधुमेह रोगीहरूका लागि बासी रोटीको सेवन कति फाइदाजनक हुनसक्छ, आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।
अघिल्लो दिन पकाएर कोठाको तापक्रममा राखिएको रोटी नै बासी रोटी हो । नेपालीहरू बासी रोटी बिहान चियासँग वा तरकारीसँग खान्छन् । केहीले दूधको साथमा पनि यसलाई खान्छन् ? तर के यसको कुनै वैज्ञानिक फाइदा छ त ? बासी रोटीले साँच्चै रगतमा चिनी कम गर्छ ?
बासी रोटीको ग्लाइसेमिक इन्डेक्स (जीअआई) ताजा बनाइएको रोटीको तुलनामा कम हुन्छ भन्ने विश्वास गरिन्छ । कम जीआई भएको खानेकुराले रगतमा चिनीको मात्रा बिस्तारै बढाउँछ, जसले मधुमेहका बिरामीहरूलाई फाइदा पुर्याउन सक्छ ।रोटी गहुँको पीठोबाट बनाइन्छ र लामो समयसम्म भण्डारण गरिन्छ भने, यसमा फाइबरको मात्रा बढी हुन सक्छ । फाइबर युक्त खानेकुराले पाचन प्रक्रियालाई ढिलो बनाउँछ, जसले गर्दा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।
परम्परागत अनुभव र वैज्ञानिक प्रमाण
केही मानिसहरू व्यक्तिगत अनुभवको आधारमा बासी रोटीलाई मधुमेहको लागि फाइदाजनक ठान्छन् । यद्यपि, अहिलेसम्म कुनै ठोस वैज्ञानिक प्रमाण फेला परेको छैन, जसले बासी रोटीले रगतमा चिनीको मात्रा कम गर्छ भन्ने प्रमाणित गर्न सकोस् ।
मधुमेहका बिरामीले ध्यान दिनुपर्ने कुरा
तेल वा घिउ नहाली बनाएको रोटी खानुहोस्। ताजा वा बासी रोटीमा धेरै घिउ वा तेल नलगाउनु होस्, ताकि यो स्वास्थ्यको लागि हलुका रहोस् । सही अन्न छान्नुहोस् । गहुँको सट्टा मल्टीग्रेन वा जौको रोटी खानुहोस् । किनकि यो बढी फाइदाजनक हुन सक्छ ।
नियमित रगतमा चिनीको परीक्षण पनि गर्नुहोस्। यदि तपाईंले बासी रोटी खानुहुन्छ भने, रगतमा चिनीको मात्रामा यसको प्रभाव हेर्नुहोस्। डाक्टरसँग परामर्श लिनुहोस्। प्रत्येक व्यक्तिको शरीरले फरक–फरक प्रतिक्रिया दिन्छ, त्यसैले निश्चित रूपमा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij