काठमाडौँ : नेकपा एमालेका नेता सूर्य थापाले कम्युनिस्ट नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । भैंसेपाटीस्थित गौतमको निवासमा आज बिहान भेट गरी महत्त्वपूर्ण कुराकानी गरेको थापाले सामाजिक सञ्जालमा उल्लेख रेका छन् ।
उनले उक्त भेट गृहजिल्ला प्युठानको विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन् । उनी भन्छन्– 'मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो–जाग्दो नै रहेको छ। हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौँ।'गौतम शुक्रबार संयुक्त सदनको बैठकमा नेकपा एकीकृत समाजवादीको लाइनमा बसेका थिए । त्यसको भोलिपल्ट एमाले प्रवेश गर्ने की एकीकृत समाजवादी भन्नेमा दोधारमै रहेका नेता गौतमसँग सूर्य थापाकाे भेटलाई अर्थपूर्ण मानिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij