Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरु आचार बनाउने तालिम सुरु

भरतपुर : भरतपुर महानगरपालिका वडा नं २२ को वडा कार्यालयको सभाहलमा उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् सूनौलो पटिहानी बजार व्यवस्थापन समितिको समन्वयमा आज देखी ३ दिने उद्यमशिलता विकासका लागि अचार बनाउने तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्यमशिताको विकास विना कुनै पनि क्षेत्रको आर्थिक समृद्धि नहुने बताउँदै उद्यमशिलता विकासको लागि सिप आवश्यक पर्ने बताउनुभएको थियो ।

यहाँको स्थानिय वस्तुहरुलाई प्रयोग गरि बस्तुको मूल्य अविवृद्धि गर्न तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले तालिममा सहभागि प्रशिक्षर्थीहरुलाई प्रशिक्षकसँग अचार सम्बन्धी धेरै तरिकाहरुका बारेमा सिक्न आग्रह गर्दै तालिमबाट सिकेको कुरा व्यवहारमा ल्याई उद्यमशिलतामा ढाल्न अनुरोध गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष बिष्णुराज महतोले विभिन्न सफल व्यवसायिक महिलाहरुको उदारण दिदैँ स्थानिय अर्थतन्त्रलाई उजागर गर्दै स्थानिय बस्तुलाई उचित प्रयोग गर्न सके समृद्धि हाम्रै वरिपरि रहेको बताउनुुभयो ।

तालिममा सहभागिहरुलाई हरेक कार्य तथा वस्तुहरुलाई मूल्य श्रृङ्खलामा लैजान जोड दिदैँ तालिम सकेपछी यहाँबाट सिकेको कुरालाई अर्थोपार्जनमा ढाल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सूनौलो पटिहानी बजार व्यवस्थापन समितिको अध्यक्ष अनिता आचार्यले भरतपुर २२ महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको उद्योग वाणिज्य संघ–चितवन प्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले जिल्लाका सवै तह र तप्काका उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउन संघ प्रयत्नसील रहेको बताउनु भयो । उहाँले नेपालीको खानानै पर्यटकको रोजाईमा पर्ने हुनानले यसलाई विविधिकरण गर्दै लैजान पर्ने बताउदैँ उहाँले आगामी दिनमा थप तालिमको आवश्यकता परे दिन संघ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको उपाध्यक्ष दय राजेन्द्र ओली, अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के सी, कार्यसमिति सदस्य अस्मिता तिमिल्सिना, श्रीकृष्ण लम्साल, भरतपुर महानगरपालिका वडा नं २२ का वडा सदस्यहरु, सूनौलो पटिहानी बजार व्यवस्थापन समितिका पदाधिकारी कार्यसमिति लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । उक्त तालिमको प्रशिक्षक चित्रा गुरुङ रहनुभएको छ भने तालिममा ५० जनाको प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij