Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

फल (लघुकथा)

फल (लघुकथा)

भूमिका गैरे तिमिल्सिना

‘आज ठूलै नेताको हवाइजहाज दुर्घटनामा ज्यान गएछ ।’ सामाजिक सञ्जाल भरी छ्यापछ्यापी हार्दिक श्रद्धाञ्जलीको ओइरो थियो ।हल्ला चल्यो, ‘बाँचुन्जेल केही गरेनन् क्यारे ? आफ्नै भुँडी भर्दा ठिक्क , देश र जनताको बारेमा केही सोचेनन् ?’ भिडबाट ठुलै आवाज आयो ।यमलोकमा पनि कचरी चल्यो । यमराजले सिंहासनबाट चित्रगुप्तलाई सोधे ।

‘के छ, आजको खबर, को- को आएका छन् पृथ्वीबाट ?’ चित्रगुप्त ! ‘ठूलो भुँडी भएको ठूलै नेता र साधारण ख्याउटे आएका छन् ।’‘ल ! ल ! तिनीहरूले के के गरेका रहेछन् ? फाइल पल्टाएर राम्रोसँग हेर्नुस् त ।’ यमराजले भने

चित्रगुप्तले सबै कुरा बुझे, ‘ठुलो भुँडी भएको नेताले घुस धेरै खाएको, भिडको प्रकृति हेरेर भाषण गरेको, विकास र निर्माणका काम नगरेको, रेकर्ड निकाले ।’ख्याउटेको फाइल पल्टाई हेर्दा, ‘सोझो, इमान्दार, दु: खी किसान रहेको बुझाए ।’ यमराजले सबै नियाले, ‘पृथ्वीको वस्तुस्थिति बुझ्न स्वयम् भेष बदलेर जाने निर्णय गरी पृथ्वीलोक झरे ।’

‘बाटोघाटो, धुवाँधुलो, नेता र सर्वसाधारणको जीवनशैली नजिकैबाट हेरी पुनः स्वर्गलोक सवारी भए ।’ यमराजले निसाफ गरे,’ठूलो भुँडी भएको नेतालाई नर्क पठाऊ र ख्याउटेलाई स्वर्ग पठाऊ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij