काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ ।छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटना हुँदा ५ वटा राँगा मरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ट्रक सड्क किनारामा कोल्टे परेको छ । सो ट्रकमा २७ वटा राँगा लोड गरिएको थियो । ट्रक चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij