Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

झाँक्रीको प्रश्न - अर्थमन्त्री वाग्लेको भारत भ्रमण कुन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भयो ?

झाँक्रीको प्रश्न - अर्थमन्त्री वाग्लेको भारत भ्रमण कुन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भयो ?

काठमाडौं : राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण कुन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग जवाफ मागेकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत ‘हेलो सरकार’ मा प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको विवरण सार्वजनिक गर्न माग गरेकी हुन्। ‘अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कति औँ बैठकबाट स्वीकृत भएको होरु यो विषयको पनि जानकारी पाउनु नागरिकको अधिकार हो,’ उनले लेखेकी छन्।

उनले भ्रमण स्वीकृतिसम्बन्धी विवरण सार्वजनिक गर्न माग गर्दै यस विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएकी छन्। झाँक्रीले अर्थमन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्बन्धी निर्णय र त्यसको विवरण नागरिकले थाहा पाउनुपर्ने भन्दै सरकारसँग जवाफदेहिताको माग गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट