Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

ट्रेलरमा यस्तो देखियो ‘जार’

ट्रेलरमा यस्तो देखियो ‘जार’

काठमाडौं : साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मका केही दृश्यले प्रथामिकता पाएका छन् । जसले फिल्मको कथा प्रष्ट्याइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली देखिएका छन् ।

फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आउदो बैशाख २६ (मे ९)मा प्रदर्शनमा आउदैछ । फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो ।

होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने बताइन्छ ।

https://youtu.be/g9_GvI44mnA

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij