Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

बाढीले निर्माणाधीन पुलमा क्षति

बाढीले निर्माणाधीन पुलमा क्षति

उदयपुर : बिहीबार बिहानदेखिको वर्षाको कारण उदयपुरमा निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कटारी नगरपालिका–२ सिमानपुर खोलामा आएको बाढीले ढलान भइसकेको निर्माणाधीन पक्की पुलको टेकाहरू बगाई पुलको बिच भाग भाँचिएको छ ।

सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाई पुल भाँचिदा अन्दाजी २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij