काठमाडौं : भारतका चर्चित कोरियोग्राफर यतिन नरेन्द्र गान्धी नेपाल आएका छन् ।यही १५ र १६ गते होटल याक एण्ड यति दरबारमार्गमा आयोजना हुने १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ का लागि उनी सोमबार दिउँसो काठमाडौं आएका हुन् ।
शोमा अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की, आस्था पोखरेल, सन्तोष लोक्शुम लिम्बु, समपर्णजंग कार्की, सृच्छा प्रधान, प्रियंका रानी जोशीलगायत करिब २ दर्जन सेलिब्रेटी पनि र्याम्पवाक गर्दैछन् ।
म्यानेजमेन्ट हेरेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले तयारी सुरु भैसकेको जानकारी दिए । जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको फेसन शोमा २ दर्जन सेलिब्रेटीको अलवा ३१ जना ब्यवसायिक मोडलले समेत पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गर्नेछन् । शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन २५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
आयोजक आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij