भरतपुर : नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म पुर्याउने उद्देश्यका साथ ग्लेज इन्टरटेनमेन्टको आयोजनामा देशका प्रमुख ६ प्रमुख शहरमा कमेडी उत्सव २०८३ अन्तर्गत चितवनमा कात्तिक १४ गते कार्यक्रम गर्न लागिएको हो ।
कात्तिक ११ गते नेपालगञ्जको लिला प्यालेसबाट सुरु हुने यो उत्सव कात्तिक १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा, १७ गते बर्दिवास र कात्तिक १९ गते इटहरीमा आयोजना हुने ग्लेज इन्टरटेनमेन्टका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिए ।कार्यक्रमले नेपाली हास्य मनोरञ्जनको सम्भावनालाई उजागर गर्दै स्थानीय दर्शकलाई आफ्नै सहरमा लोकप्रिय कलाकारहरूसँग रमाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
साथै, देशभर मनोरञ्जनका विविध कार्यक्रमप्रति दर्शकको आकर्षण बढाउन र नेपाली कमेडी संस्कृतिलाई थप जीवन्त बनाउन उत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले इसेवा मार्फत कार्यक्रममा सहभागिताका लागि टिकट लिन सकिने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij