दाङ : अन्तरपुस्ता महिलावादी मञ्चले एक बर्ष अगाडीदेखी शुरु गरेको अनुपम अभियान देशव्यापी रुपमा सञ्चालन भएको छ ।मञ्चले सुरु गरेको अभियान देशका ७७ वटै जिल्लाहरुमा पुगेको छ ।पहिलो बर्षलाई यात्रै यात्राको बर्षको रुपमा मनाईएको अनुपम अभियानको भोगाई र सिकाई आदानप्रदान गर्न एवं आगामी योजना बनाउनका लागि नवलपुरमा दुई दिने भेला सम्पन्न भएको छ ।
आउदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्धेश्य सहित अनुपम अभियान शुरु गरिएको हो । भेलामा एक बर्षसम्म गरिएको देशब्यापी यात्राहरुको उपलब्धी, सिकाई र चुनौतीका बारेमा सातै प्रदेशको समुह छलफल र प्रस्तुती गरिएको थियो । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशब्यापी अभियान सुरु गरिएको अभियानको नेतृत्व गरेकी नागरिक आवाजका संस्थापक एवं महिला अधिकारकर्मी रीता थापाले जानकारी दिइन् ।
‘०८४ मा महिला हुनुपर्छ पहिला, आसनमा महिला भाषणमा महिला शासनमा महिला, घर चलाउने महिलाले, देश चलाउन सक्छ, संयम, सक्रिय र संगठित’ भन्ने नारा सहित सञ्चालित अभियानमा स्वतस्फुर्त रुपमा हजारौ महिलाहरु जोडिएका छन् । सस्थागत बिधान, चुनाव, अधिबेशन बिना गठन गरिएको अनौपचारिक समुहले ताप्लेजुङ्गदेखि दार्चुलासम्म, झापादेखि कञ्चनपुर सम्म अनि पहाडको रोल्पा, रुकुम देखि तराईका दाङ सम्म अनुपम अभियान संचालन गरिरहेको छ ।
सहभागीहरुलाई नागरिक आवाज ललितपुरका कार्यालय प्रमुख सुसन रिसालले स्वागत गरेका थिए । आईतवार र सोमवार चलेको भेलामा देशभरका ५ सय बढि महिला, महिलावादी पुरुष तथा लैङ्गिक तथा अल्पसंख्यक समुदायको सहभागिता रहेको थियो । यो अभियानले महिलाहरुलाई नेतृत्वदायी भूमीकामा ल्याउनकालागि सहयोगी हुने कार्यक्रममा सहभागी महिला अधिकारकर्मी बिमला योगीले बताइन् ।
अभियान अन्तरगत पहिलो बर्ष ७७ जिल्लामा २ सय ३६ कार्यक्रम सम्पन्न भएका छन् । सोमबार नवलपुरमा भएको कार्यक्रममा महिला नेताहरु सुमना श्रेष्ठ, बिन्दा पाण्डे, लक्ष्मी परियार, रञ्जु झा लगायतले राजनितिक खबरदारीका सवालमा भनाई राखेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij