Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लायन्स क्लब अफ नारायणगढ दियालोको लायन वर्ष २०२५/२६ को अध्यक्षमा प्रधान

लायन्स क्लब अफ नारायणगढ दियालोको लायन वर्ष २०२५/२६ को अध्यक्षमा प्रधान

चितवन:लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गत लायन्स क्लब अफ नारायणगढ दियालोको लायन वर्ष २०२५ /२६ को लागि नयाँ कार्यसमिति चयन, पूर्व अध्यक्ष सम्मान कार्यक्रम एवं पारिवारिक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।लायन वर्ष २०२४ /२५ का अध्यक्ष MJF लायन असिम हमालको अध्यक्षतामा डिस्ट्रिक्ट गवर्नर PMJF लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यता पूर्व डिस्ट्रिक्ट गवर्नर एवं वर्तमान मल्टिपल चेयर पर्सन PMJF लायन राजकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको प्रमुख आकर्षक सेसनहरूमध्ये पूर्व अध्यक्ष सम्मान कार्यक्रम विशेष रुपमा सम्पन्न भएको हो। १६ जना पूर्व अध्यक्ष सम्मिलित कार्यक्रममा पूर्व अध्यक्षहरूलाई दोसल्ला ओडाई सम्मानपत्र प्रदान गरियो। कार्यक्रम पश्चात पारिवारिक रमझमका साथ रमाइलो पिकनिक कार्यक्रम पनि आयोजना भएको थियो ।

कार्यक्रममा डिस्ट्रिक्टमा विभिन्न तह तप्कामा रहनुभएका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने डिस्ट्रिक्टका सेकेन्ड भिडिजी MJF लायन प्रभाकर पण्डित, पूर्व डिस्ट्रिक्ट गवर्नर द्वय लायन सिद्धार्थलाल चुके र लायन रामप्रसाद भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा लियो क्लब अफ नारायणगढ दियालोका लियो भाइबहिनीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। लायन वर्ष २०२५ /२६ को लागि लायन मदन प्रधान ज्यूको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भयो। कार्यसमिति निम्नानुसार छ। अध्यक्ष लायन मदनप्रधान प्रथम उपाध्यक्ष लायन रमेश मानन्धर द्वितीय उपाध्यक्ष लायन सुजन धिताल सचिव लायन सुरेश मरासिनी कोषाध्यक्ष MJ Fलायन इन्दु न्यौपाने एल सी आई एफ चेयर पर्सन MJF लायन दुर्गा लक्ष्मी श्रेष्ठ सर्भिस चेयर पर्सन लायन रश्मी श्रेष्ठ जोशी मेम्बरशिप चेयर पर्सन लायन सुभाष चन्द्र शाह मार्केटिङ चेयर पर्सन लायन सृष्टि सिंह राजपुत डाइरेक्टर MJF लायन रोशन मास्के डाइरेक्टर लायन सत्यनारायण श्रेष्ठ डाइरेक्टर MJ F लायन सुरेश नेवा खड्की डाइरेक्टर लायन सविन अधिकारी डाइरेक्टर लायन डा. अमित सहनी IPP पदेन MJF लायन असिम हमाल कार्यक्रम ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट