चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त हरिको सक्रियतामा बाग्लुङ्ग थातथलोभई भई हाल चितवन नवलपुर आएस बसोबास गरेका परिवारको लागि बाग्लुङ्ग–चतवन नवलपुर समाजको भवन शिलन्यास गरिएको छ , आज भरतपुर नगरपालिका वडा नम्ब ९ मा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडलले लगायतका अतिथिहरुले शिलान्यास गर्नुभएको हो ।उद्धघाटन पछि बोल्दै प्रमुख दाहालले भरतपुरका विभिन्न वडामा बाग्लुङ्गेहरुका बसोबास बाक्लो रहेको भन्दै यो भवनले एक अर्कामा भातृत्व भाइचारा बृद्धि हुन सहयोग पुग्ने बताउनु भयो । विभिन्न जिल्लाबाट चितवन आएर स्थायी बसोबास गरेका परिवारको उर्जा र उत्साहले आफूलाई विकास निर्माणमा सहयोग पुगेको उहांँले बताउनु भयो । स्थानीय संघ, प्रदेशको निर्वाचनमा समेत बाग्लुङ्गका मानिसहरुको ठूलो हात रहने उहांँको भनाई थियो ।
उपप्रमुख अधिकारीले यस्ता भवन निर्माणले विभिन्न परिवारबीच आपसी सद्भाव तथा सुखदुःखमा साथ दिने स्थल हुने बताउनु भयो । उहांँले यस्ता भवनले आफ्नो जन्मभुमिको सम्मान हुनुका साथैएकतामा बाध्न सहयोग पुग्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पौडेलले आफू बाग्लुङ्गको भएपनि भवन शिलन्यास संँगै हाल चितवन बासी भएको बताउनु भयो । समाजसेवी तथा वडा अध्यक्ष पन्तले बाग्लुङ्गबाट चितवन आएर विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुसंँग रकम संकलन गरी ११ धुर घडेरी खरीद गरेर शिलान्यासको काम समेत अघि बढाईएको जानकारी दिनुभयो । आफूले भवन निर्माणको लागि २ लाख ९० हजार दिएको बताउंँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनु भयो । भरतपुर महानगरपालिकाले भवन निर्माणार्थ १० लाख बजेट विनियोजन गरेको र अन्य दाताहरुले झण्डै १० लाख रकम संकलन भएकोले छिट्टैनै निर्माणको काम अघि बढाइने पन्तले बताउनु भयो । कार्यक्रमको अध्यक्षता भवन निर्माण संयोजक तथा समाजका अध्यक्ष ध्रुव प्रसाद न्यूरेले गर्नुभएको थियो । भवन सांँढे २ तलाको हुने र सम्पन्न अनुमानित बजेट ८४ लाख रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij