Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका-९ माथाने टोलस्थित सडकमा चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००१ ह ०३१० नम्बरको अटोमा प्र.१-०२-०४३ प ५७४३ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका-७ वाराङ्गी बस्ने २६ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-५ कुसाहा चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीया उर्मीला देवी सेठको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिका-१४ गोरसदी तल्लो ‍डण्डा भित्री सडकमा डण्डाबाट कोल्हुवातर्फ जाँदै गरेको लु.१८ प ७४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय मान बहादुर कार्कीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट