काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।
काठमान्डुका कप्तान करण केसीले अहिलेको कन्डिसनमा चेज गर्नभन्दा राम्रो टार्गेट दिन सहज हुने विश्वासमा ब्याटिङ रोजेको बताए। काठमान्डु आज सिजनको पहिलो खेल खेल्दैछ भने जनकपुर पहिलो जितको खोजीमा छ। यसअघिको खेलमा जनकपुर पराजित भइसकेको छ।
जनकपुरको कप्तानी हर्मित सिंहले गरेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई बेन्चमा राखेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij