Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सुनकोसीको बाढीले टुटाएको विश्वामित्र गुफासँगको सम्बन्ध

सुनकोसीको बाढीले टुटाएको विश्वामित्र गुफासँगको सम्बन्ध

रामेछाप : सिन्धुलीको दुम्जा स्थिति आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरको वारी रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको विश्वामित्र गुफाको सम्बन्ध फेरी कुशेश्वर महादेव मन्दिरसँग टुटेको छ ।लामो समयसम्म प्रचार र पुल नहुँदा ओझेलमा परेको विश्वामित्र गुफा सुनकोसी नदीको खैरेनीमा पक्की पुल बनेपछि कुशेश्वर महादेव मन्दिरसँग जोडिएको थियो ।

सुनकोसी नदीमा पुल नबन्दासम्म सो गुफाको न कुनै चर्चा थियो, न मानिसहरू दर्शन गर्न नै पुग्दथे । अक्कर पहाडको मुनि सुनकोसी नदी किनारमा रहेको सो गुफा किंवदन्तीमा मात्र सीमित थियो । तर जब सुनकोसी नदीमा पुल बन्यो, विश्वामित्र गुफाको माथिबाट मध्यपहाडी लोकमार्ग निर्माणको काम सुरु भयो । त्यसपछि विश्वामित्र गुफाको पनि चर्चा सुरु भयो ।

कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने मानिसहरू विश्वामित्र गुफाको दर्शन गर्न आउन लागे । विश्वामित्र गुफाको अगाडि सुनकोसी नदी किनारमा संरचना पनि । विश्वामित्र गुफा दर्शनार्थीको केन्द्र बन्न पुग्यो ।

गायत्री मन्त्र प्रादुर्भाव भएको विश्वास गरिएको विश्वामित्र गुफामा मानिसहरू आउने क्रम वृद्धि भइरहेको बेला गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले सुनकोसी नदीको पुल बगाएपछि अहिले विश्वामित्र गुफा आउने सडक सम्बन्ध टुटेको छ ।

बाढीले गुफाका संरचनामा समेत केही क्षति पु¥याएको छ । क्षति पु¥याएका संरचनाहरू मर्मत गरिएको भए पनि गुफासम्म पुग्ने बाटो नहुँदा कुशेश्वर आउने दर्शनार्थीहरु गुफामा पुग्न सक्ने स्थिति नभएको खाँडादेवी गाउँपालिका–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

सुनकोसी नदी किनारमा रहेको विश्वामित्र गुफालाई ऐतिहासिक गुफा मानिन्छ । नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको भनाइ रहेको छ । सो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगवलले गर्दा सुनकोसी नदी पार गरी पूजाआजाको लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने विश्वास रहेको सो गुफामा लामो समयदेखि ध्यान गर्दै आएका विष्णुप्रसाद नाराल बताउँछन् ।सुनकोसी नदी किनारमा रहेको यो गुफामा विश्वामित्रले सूर्यको आराधना गरी गायत्री मन्त्र प्राप्त गरेको भन्ने भनाइ छ । त्यसैले यो गुफालाई गायत्री गुफा समेत भन्ने गरिन्छ ।

खैरेनीको पुल बगाउँदा विश्वामित्र गुफा आउने बाटो मात्र होइन काठमाडौं र तराइबाट रामेछापको सुनापति गाउँपालिकाका विभिन्न वडा तथा खाँडादेवी गाउँपालिकाका राकाथुम, मझुवा लगायतका वडामा आउने यातायात समेत चल्न सकेका छैनन् । यसले गर्दा स्थानीयलाई सित्खाको पुल वा लुभु र चौँरीको पुल तरेर घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट