भरतपुर अहिले चिटिक्क देखिएको छ।पुलचोकदेखि टिकौली जंगलछेउको गोन्द्राङसम्मको ६ किलोमिटर सडक ६ लेनको बनेपछि भरतपुरको मुहार फेरिएको छ।सडक चौडा र कालोपत्रेको काम २०७७ असोजमा सम्झौता भएर कात्तिक ११ गतेदेखि सुरू भएको थियो। २०७९ फागुनसम्म काम सक्ने सम्झौता गरिए पनि यसपालि मात्रै काम सकिएको छ।१ अर्ब ७६ करोड लागतमा निर्माण कम्पनी इण्डो–सगुन जेभीले यो सडक बनाउन तीन पटक म्याद थप्यो।
निर्माण सकिएपछि सडकमा स्मार्ट बत्तिको पनि सुभारम्भ गरिसकिएको छ। सडकको दायाँ–बायाँ ११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ।सडक बनेपछि भरतपुर थप व्यवस्थित देखिएको छ।
हेर्नुस् ड्रोनभ्यू;

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij