Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उवासंघ चितवनले गर्‍यो चिनिया व्यवसायीसँग लगानी प्रवर्द्धन सम्बन्धी छलफल

उवासंघ चितवनले गर्‍यो चिनिया व्यवसायीसँग लगानी प्रवर्द्धन सम्बन्धी छलफल

चितवन : उद्योग वाणिज्य संघ–चितवन र चिनिया व्यवसायी बीच चितवनको व्यावसायिक विकासका विषयमा छलफल भएको छ । कार्यक्रममा चितवनको कृषि, पशुपन्छी पालन सम्बन्धी र तिनका औषधी तथा प्रविधिको सहयोग सम्बन्धी छलफल भएको थियो ।

कार्यक्रममा चिनिया व्यवसायीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवन मध्य नेपालमा अवस्थित हुनुका साथै करिव १५० किलोमिटरको दुरीमा नेपालका सवै ठुला सहरमा पुग्न सकिने जानकारी गराउँदै चितवन लगानीको उत्कृष्ट गन्तव्य भएको बताउदै चिनिया लगानी कर्तालाई चितवनमा लगानी गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले उद्योग वाणिज्य संघ–चितवनले यहाँको व्यवसायिक हक हितका कार्य गर्नुका साथै सामाजिक आर्थिक विकासमा समेत योगदान गर्दै आईरहेको बताउनुभयो । उहाँले सवै भन्दा छोटो दुरीको चिन र भारत जोड्ने सडक चितवन हुदै रहेको बताउदै चितवनमा कृषि तथा पशुपन्छीका औषधी एवम् भ्याक्सीन उत्पादन कम्पनी खोल्न आग्रह गर्नुभएको थियो । साथै उहाँले कृषि तथा पशुपन्छीका औषधी एवम् भ्याक्सीन उपलब्धतामा सहजिकरण तथा सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले उद्योग वाणिज्य संघ–चितवनको क्रियाकलापहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले चितवनका लगानीका सम्भावना र लगानी गर्दा के फाईदा हुन्छ भन्ने बारेमा समेत प्रस्तुति दिनुभएको थियो । सोही कार्यक्रमको अवसरमा वायोमेटीक नेपाल र वायोमेटीक चिन विच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

चिनको जिङ्गासु हिटेड बायोटेक्नोलोजी कम्पनी लि. का अध्यक्ष लिङ् छुइले चितवनमा कृषि तथा पशुपन्छीका औषधी एवम् भ्याक्सीन उत्पादन कम्पनी सञ्चालन गर्न मन लागेको बताउदै औषधी तथा भ्याक्सीन उपलब्धतामा सहजिकरण तथा सहयोग गर्ने बताउनुभएको थियो ।

भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षद्वय अशोक अधिकारी, नारायण प्रधान, ग्याङदोङ इकोनमी एण्ड ट्रेड अफिस नेपालका चिफ रिप्रिन्जेटिप याङजीपिङ, गोन्जाउ हिटेड बायोटेक्नोलोजी कम्पनी लि. का जनरल म्यानेजर लिनजीदोङ, चाईना हिटेड बायोटेक्नोलोजी कम्पनी लि.का डाइरेक्टर चेन कल्टीन खेचोङ र लि फ्रक क्वीचिङ, संघका कार्यसमिति सदस्य, तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।

संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट