Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

महासंघमा अनुसार बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट