Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चेपाङ दम्पती घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चेपाङ दम्पती घाइते

खैरहनी : खैरहनी नगरपालिका वडा नं–९, सिमलटाँडी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक चेपाङ दम्पती घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६०० नम्बरको ट्रकले ना ४८ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती–१० बस्ने ३५ वर्षीय सन्देश चेपाङ र मोटरसाइकलपछाडि सवार निजका श्रीमती ३४ वर्षीया सीमा चेपाङ घाइते भएका हुन् ।

दुवै घाइतेको स्थानीय चौधरी मेडिकलमा उपचार भइरहेको र उपचारमा निजका आफन्त संलग्न रहेका छन् । दुवै सवारीसाधन र ट्रक चालक राप्ती–७ बस्ने २५ वर्षीय इन्द्रलाल पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट