चितवन : चितवन यातायात अन्तर्गत रामपुर क्षेत्रका म्याजिकहरु आजबाट लायन्स चोकको शुभ पेट्रोल्यण्डबाट छुट्न थालेका छन् ।यसअघि चौबिसकोठीबाट मात्र म्याजिक छुट्दा यात्रुहरुले सास्ती खेप्नुपरेको थियो । चौबिसकोठीबाट २५ रुपैयाँको भाडा तिरेर पुनः अर्काे म्याजिक चढी यात्रुहरु नारायणगढ बजारसम्म आउनुपर्ने बाध्यता थियो ।
चितवन यातायात रामपुर क्षेत्रका संयोजक चन्द्र बहादुर तामाङ्गले लायन्सचोकको शुभ पेट्रोल्याण्डबाट म्याजिकहरु छुट्ने भएपछि यात्रुहरुलाई राहत हुने बताए ।शुभ पेट्रोल्याड लायन्स चोकबाट मंगलपुर, गोब्रेनी, भुवन वस्ती, सिमरी टाउन, राइगन्ज, टाउन, चनौली, मिलन चोक, रापमुर, अमृत चोक, रामपुर, कालिका चोक, मंगलपुर, फुलबारी, शिवनगर, पार्वतीपुर जाने म्याजिकहरु छुट्न लागेका हुन् ।
शुभ पेट्रोल्याण्ड परिसरबाट माडी–ठोरी–सुवर्णपुर जाने बस, भरतपुरबाट जगतपुर, ध्रुव जाने बसहरु पनि छुट्ने गर्दछन् । यसले गर्दा यात्रु र बजारका व्यावसायीलाई केही राहत पुग्ने शुभ पेट्रोल्याण्डका सञ्चालक सबल पियाले बताए ।माडी तथा चितवन यातायात रामपुर क्षेत्रको टिकट काउन्टर पनि शुभ पेट्रोल्याण्ड परिसरमा राखिएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij