चितवन : लियो क्लब अफ चितवन सौराहाको १२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि PMJF लायन्स दिपेन्द्र खतिवडा को विशेष उपस्थिति रहेको थियो। साधारण सभामा लियो वर्ष २०२५-२६ को लागि नवनिर्वाचित कार्यसमिति घोषणा गरियो।
नयाँ कार्यसमिति निम्नानुसार रहेका छन्:
अध्यक्ष: लियो विवेक घिमिरे आईपीपी: लियो सिमान्त बिडारी अध्यक्ष सल्लाहकार: लियो उज्ज्वल अधिकारी पहिलो उपाध्यक्ष: लियो मनिषा पौडेल दोस्रो उपाध्यक्ष: लियो अलीना आचार्य तेस्रो उपाध्यक्ष: लियो भाग्य ठाकुर सचिव: लियो सफल रिजाल कोषाध्यक्ष: लियो प्रशान्त लमिछाने सह-सचिव: लियो रितु भट्टराई सह-कोषाध्यक्ष: लियो नीन्जा पाठक मेम्बरशिप ग्रोथ चेयरपर्सन: लियो सफल बान टेल ट्विस्टर: लियो समिरा अधिकारी पीआरओ: लियो मोनिका मगर टेमर: लियो सुषान शर्मा निर्देशकहरू: लियो अञ्जल तिमल्सिना, लियो बिनोद रिमाल, लियो दीपेन खड्काथोकी
नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!प्रमुख अतिथि PMJF लायन्स दिपेन्द्र खतिवडाले लियो क्लबको समाजसेवामा दिएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा क्लबले झन् प्रभावकारी रूपमा सामाजिक उत्तरदायित्वका कार्यहरू अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।नयाँ कार्यसमितिले समाजसेवा, युवा नेतृत्व विकास, तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij