Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवन पिठुवाका नीमको मृत्यु, एक घाइते

मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवन पिठुवाका नीमको मृत्यु, एक घाइते

चितवन: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।आज मनहरी-७ मनहरी  पुलमा  हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई  सोही दिशातर्फ आउँदै गरेको  ना ६ ख ४०५५ नंको ट्रकले  ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते हुनुभएको छ ।टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा  सङ्लग्नलाई  कारबाहीको माग गर्दै जिल्ला प्रहरी  कार्यालय मकवानपुर अगाडि पूर्वपश्चिम  राजमार्ग  करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट