Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गैंडाको आक्रमण बाट माडीमा एक महिलाको मृत्यु

गैंडाको आक्रमण बाट माडीमा एक महिलाको मृत्यु

चितवन : चितवनको माडी नगरपालिका वडा नम्बर ७ किर्तनपुरकी एक महिलाको गैंडाको आक्रमणमा बाट मृत्यु भएको छ ।आज दिउँसो गाउँ सगै जोडिएको गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काटने क्रममा मा ५५ बर्षीया शान्ति नेपालीलाई गैंडाले आक्रमण गरेको हो ।घाइते नेपालीलाई उपचारका लागि बघौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नेपालीको टाउको लगायतको बिभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ ।

माडी क्षेत्रमा यसअघि पनि गत माघ १९ गते माडी-१ ध्रुबमा भुतही महतोको मृत्यु भएको थियो भने माघ १ गते माडी-३ का छबिलाल बोट र माघ ७ गते माडी-७ किर्तनपुरकै शिवराज भण्डारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट