चितवन : नेपाल वितरक महासंघको केन्द्रीय अध्यक्षमा चितवनका दुर्गा प्रसाद गौतम निर्वाचित भएका छन् ।पोखरामा सम्पन्न महाधिवेशनबाट तीन वर्षे कार्यकालको लागि गौतम निर्वाचित भएका हुन् ।
महासंघको निवर्तमान अध्यक्षमा हरिराज पन्त, वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्ष दामोदर पाठक, कृष्णराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै महासंघको मासचिवमा शिव खनाल, सचिव तेजेन्द्र पौडेल, कोषाध्यक्षमा मदनराज न्यौपाने, सह कोषाध्यक्ष सुजन कुमार श्रेष्ठ चयन भएका छन् । अधिवेशनले २७ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
सदस्यहरुमा दिलिपकुमार श्रेष्ठ, अच्युत ढकाल, रमेश अधिकारी, टंकप्रसाद श्रेष्ठ, श्याम पौडेल, खगेन्द्र विमली, भरत खड्का, मनोज श्रेष्ठ, राजनकुमार श्रेष्ठ, तीर्थराज पौडेल, पशुपति साह, नरेश न्यौपाने, राजकुमार जोशी, राजीव श्रेष्ठ, लाल कार्की, शिवराम पौडेल, कुलप्रसाद अधिकारी र मनोज रौनियार चयन गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij