Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जनतासँग माओवादी : फागुन २७ गते प्रचण्ड चितवन आउँदै

जनतासँग माओवादी : फागुन २७ गते प्रचण्ड चितवन आउँदै

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही फागुन २७ गते चितवन आउने भएका छन् । नेकपा माओवादी केन्द्रको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” का लागि उनी चितवन आउने भएका हुन् ।

फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुर स्थित कार्यक्रममा आइ अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटा सुमनले बताए । भरतपुर स्थित पार्टी कार्यालयमा शनिबार आयोजना गरिएको अन्तरक्रियामा जिल्लामा रहेका वडा, पालिका, प्रदेश, केन्द्रसम्मका नेताहरु, पार्टिका विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरुलाई जिल्ला इन्चार्ज घनश्याम दाहालले आव्हान गरेका छन् ।

त्यस्तै देशैभरी जनलहर उर्लिरहेको बेला चितवनमा हुने जागरण अभियानमा पनि आ-आफ्नो जातिय भेष-भुषा, बाजा गाजा एवं झाकि सहित बिसौ हजार जनता उतार्ने तयारी रहेको जिल्ला इन्चार्ज घनश्याम दाहालले बताए ।

२०८१ फाल्गुन १२ गतेदेखि झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अध्यक्ष प्रचण्डले उद्घाटन गरेसँगै शुरु भएको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट