काठमाडौं : भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।पारिवारिक स्रोतका अनुसार उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।
गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुन् ।भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता समेत रहेका उनी ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij