काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।
प्रारम्भिक जानकारी अनुसार ग्यास पल्टिएर आगलागी भएको खबर आएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगो निभाउने प्रयास भइरहेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij