Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

“Say No to Plastic” र “World Peace” को सन्देशसहित भारतीय साइकल यात्रीहरू नेपालमा

“Say No to Plastic” र “World Peace” को सन्देशसहित भारतीय साइकल यात्रीहरू नेपालमा

गैडाकोट : भारतको नयाँ दिल्लीदेखि नेपालको राजधानी काठमाडौंसम्म “Say No to Plastic” र “World Peace” भन्ने नारासहित साइकल यात्रा गरिरहेका १२ जना भारतीय साइकल यात्रीहरू ६ दिनको लामो यात्रापछि हाल गैडाकोट आइपुगेका छन्।

नेपालमा उनीहरूको यात्रालाई सहज बनाउन भारतको सुप्रसिद्ध साइकल कम्पनी एप्फ्रोन वाइसाइकल र एस के ग्याङ्ग साइकल कम्पनीको नेपालको आधिकारिक डिलर सापकोटा साइकल पसलले गैडाकोटमा स्वागत गरेको छ। पसलका सञ्चालक गोपाल सापकोटाले साइकल यात्रीहरूलाई सम्मान गर्दै साइकलको महत्वबारे आफ्नो बुझाइ साझा गर्नुभयो। साथै, उनीहरूलाई चिया, नास्ता र पानीको व्यवस्था गरिएको थियो।

यात्रा दललाई दुई समूहमा विभाजन गरिएको छ। सहभागीमध्ये अनुभवी साइकल यात्री बलराज सिंह चौहानले विभिन्न देशमा साइकल यात्रा गरिसके पनि नेपालको अतिथि सत्कार र संस्कृतिले आफूलाई विशेष प्रभावित पारेको बताए। १ लाख किलोमिटरभन्दा बढी साइकल यात्रा गरिसकेका चौहानले साइकल मार्फत धेरै कीर्तिमान राखिसकेको जानकारी दिए।यस ऐतिहासिक साइकल यात्राले नेपाल–भारत मित्रतालाई थप मजबुत बनाउनुका साथै प्लास्टिकको प्रयोग घटाउन र विश्व शान्तिको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट